खरिद नियमावली विपरीत १० करोड ९५ लाख ६० हजार मूल्यको पावर ट्रीलर खरिद गरेर कृषकलाई वितरण समेत गरिसकिएको छ।
धनगढीः कैलालीको नियमावली विपरीत झण्डै ११ करोड मुल्यको पावर ट्रीलर खरिद गरिएको फेला परेको छ। कृषि ज्ञान केन्द्र कैलालीले खरिद नियमावली विपरीत सो मूल्य बराबरको पावर ट्रीलर खरिद गरेको हो।
खरिद नियमावली विपरीत १० करोड ९५ लाख ६० हजार मूल्यको पावर ट्रीलर खरिद गरेर कृषकलाई वितरण समेत गरिसकिएको छ। सार्वजनिक खरिद नियमावली २०६४ मा निर्माण कार्यबाहेक अन्य कुनै पनि कार्य उपभोक्ता समितीबाट खरिद गर्न सकिने व्यवस्था छैन्।
तर सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीले सो व्यवस्था विपरीत उपभोक्ता समितिमार्फत पावर ट्रीलर खरिद गरेको फेला परेको छ। कृषि ज्ञान केन्द्र कैलालीबाट सञ्चालित विभिन्न कार्यक्रमका लागि १० करोड ९५ लाख ६० हजार मूल्यमा पावर ट्रीलर प्रतिस्पर्धात्मक किसमले खरिद गरेर कृषकहरुलाई हस्तान्तरण गर्नुपर्नेमा रकम नै उपलब्ध गराएको फेला परेको छ।
कुनै मितव्ययीता र प्रतिस्पर्धा नै नगरेर सार्वजनिक खरिद नियमावली विपरीत पावर ट्रीलर खरिद गरिएको छ। यस्तो कार्य गर्ने व्यवस्था खरिद नियमावलीमै नभएकाले यस्ता गतिविध गर्न नहुँने महालेखा परिक्षकको कार्यालयले हालै मात्र सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।
साथै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहत गरे ३० निकायमा २ करोड ७५ लाख ४४ हजार बेरुजू देखिएकोमा प्रक्रियाबाट १३ लाख ३५ हजार मात्र फस्र्यौट भएर २ करोड ६२ लाख ९ हजार बेरुजू बाँकी नै छ।