+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी सुधार केन्द्र  प्रकरण: ७ जना पुर्पक्षका लागि कारागार चलान,५ जना धरौटी रकम बुझाउन नसक्दा छुटेनन

अत्रिदेव खबर
२०८१ जेष्ठ २९, मंगलबार

अत्रीदेव खबर / घोडाघोडीको सुधार केन्द्र शाही हत्या प्रकरणका ७ आरोपितलाई पुर्पक्षका लागि र ५ जनाले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । शाही हत्या प्रकरणमा मुद्दा चलाइएका १७ मध्ये ७ पुर्पक्षका लागि ५ धरौटी तिर्न नसकेपछि काराकार चलान भएका छन् भने ३ जना धरौटी बुझाएर छुटेका छन्। यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ र अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार केन्द्रमा राखिएको छ ।
बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी,सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागी कारागार चलान भएका छन्। कमल रिजाल, गौरव आचार्य,विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भए।
यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक बलराम खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन्।
मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने रोशन पानाडीको उमेर नपुगेको कारण सुधार गृहमा राखिएको यो एक प्रहरी अधिकारीले  बताए ।
 घोडाघोडी नगरपालिका -४ मा रहेको सुधार केन्द्रमा साडेपानीका २३ वर्षीय सुनिल शाहीको कुटपिटबाट मृत्यु भएको थियो।

२०८१ जेष्ठ २९, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ २९, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ