कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षाका लागि शिक्षकहरुकाे २ दिने तालिम सम्पन्न


कैलाली, ४ सुखड ।। कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. १ सुखडमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षा संचालनका लागि शिक्षकहरुकाे २ दिने तालिम सम्पन्न भएकाे छ । हिमाली आदिवासी समाज काठमाडौं र कठरिया समाज नेपालकाे सहकार्यमा भएकाे साे तालिम मंगलवार सम्पन्न भएकाे हाे ।

पढाई प्रवाह परियाेजना अन्तरगत कठरिया भाषाकाे सरासर पढ्ने, लेख्ने कक्षा कैलालीको १५ वटा कठरिया गाउँमा लागु भएकाे छ । साेहि अनुरुप पहिलाे चरणमा सराेकारवालाहरुकाे बैठक, स्थलगत सर्बेक्षण, पाठ्यपुस्तक निर्माण लगायतकाे कार्य सम्पन्न भएपश्चात् साे कार्यकाे निरन्तरता स्वरुप दुई दिने शिक्षक तालिम आयाेजना गरिएकाे हिमाली आदिबासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले बताए ।

उनले दुई दिने शिक्षक तालिम पश्चात शिक्षकहरुले आफ्नाे गाउँमा गाउँकाे भल्मन्सा, अगुवा र बुद्धिजीवीहरुकाे सहयाेगमा २५ देखि ३० जना सम्म सहभागी छनाैंट गरि धाराप्रवाह रुपमा कक्षा संचालन गर्ने बताए । प्रत्येक गाउँमा १ महिना सम्म चल्ने कक्षामा देवनागरीमा राम्राे सँग पढ्न र लेख्न सक्नेहरु सहभागी हुने छन् । यस कक्षाले अन्य भाषा पढ्न र लेख्नमा अब्बल भएका ब्यक्तित्वहरुलाई आफ्नाे भाषामा समेत केहि कुरा लेख्न र पढ्न उत्प्रेरणा मिल्ने सहयाेगी सँस्थाकाे ठम्याँई रहेकाे छ ।

कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षा संचालनका लागि भएकाे शिक्षक तालिममा परियाेजना लागुभएकाे जिल्लाका मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सिपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, काेंटा, चर्रा, पवेरा र लाैसाका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । उक्त तालिमकाे सहजिकरण एसआईएल इन्टरनेशनलका निर्देशक पृथ्वी चाैधरी, हिमाली आदिवासी समाजका कार्यक्रम संयाेजक टेसिडेमा भाेटे र फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।

सम्बन्धित समाचार