+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तश्री माबिले गर्यो घोडाघोडी क्लवलाइ जर्सी सहयोग

अत्रिदेव खबर
२०८० फागुन १७, बिहिबार


अत्रीदेव खबर/ कैलालीको घोडाघोडी नगरपालिका-१ स्थित सप्तश्री माबिले घोडाघोडी क्लवलाइ फुटवल जर्सी सहयोग गरेको छ ।
आज एक कार्यक्रममा बीच खेल मैदानमै पुगेर सप्तश्री माबीका प्रीन्सिपल नैन बोहराले क्लवका उपाध्यक्ष प्रदिप रिजाललाई १ सेट फुटवल जर्सी हस्तान्तरण गरेका हुन । जर्सी हस्तान्तरण पछि प्रीन्सिपल बोहराले आफुहरु सदैब खेल र खेलाडीको पक्षमा रहेको बताए । उनले भने आगामी दिनमा पनि क्लवलाइ बिधालयला तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्नेछौ ।
घोडाघोडी क्लवका उपाध्यक्ष प्रदीप रिजालले जर्सी सहयोग गरेकोमा सप्तश्री माबीलाई धन्यवाद दिए । उनले भने सप्तश्री माबिलाइ धन्यवाद आगामी दिनमा अरु बिधालयले पनि यसैगरी सहयोग गर्नेछन भन्ने अपेक्षा लिएका छौ ।
घोडाघोडी क्लव यहि फागुन १९ गतेदेखी गौरिगंगा नगरपालिका-८ बढैपुरमा हुने चौथो गौरिगंगा गोल्डकपको तयारीमा ब्यस्त छ ।

२०८० फागुन १७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० फागुन १७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ