नेपाल स्काउट गौरीगङ्गाको आयुक्तमा पुष्कर अवस्थी नियुक्त


अत्रीदेव खबर/ नेपाल स्काउट गौरीगङ्गा नगरपालिकाको स्थानीय आयुक्तमा पुष्कर अवस्थी नियुक्त भएका छन् । अवस्थी स्थानीय परिषद आयुक्तमा नियुक्त भएका हुन् । नगर प्रमुख श्री देवी दत्त कडेलले अवस्थीलाई स्थानीय परिषद आयुक्तमा निर्वाचित गरेका हुन् ।
स्थानीय परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार नगर प्रमुखलाई छ । आयुक्त अवस्थी यस अघि म्यासेन्जर अफ पिस प्रदेश संयोजक तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजकको रुपमा कार्यरत थिए । १२ वर्षदेखि स्काउटमा निर्वाचन हुन सकेको थिएन् । प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो ।
अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले स्थानीय तहमा आफ्नो पालिकाका विभिन्न वडा स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ । नैतिकता सहीत जीवन विकास, काम प्रतिको जिम्मेवारी, सामाजिक सेवा र सहकार्यको भावना बोकेको स्काउट नगरका सबै वडा का सामुदायिक तथा सस्थागत बिधालयमा सक्रिय छ ।
स्काउटले सरकारी विद्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयका विद्यार्थी र स्थानीय क्लबका सदस्यहरूलाई आफ्नो सदस्यता वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलाप गर्ने, सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गर्दछ ।
विद्यार्थी जीवनबाटै अनुशासन र आदर्श जीवन निर्माणमा स्काउटको महत्वपूर्ण भूमिका रहने भएकोले बद्ढो दुव्र्यशनी र कुलतबाट बच्न बचाउन स्काउट कार्य अनिवार्य जस्तै देखिएकोले आफ्नो कार्यकाल त्यसैमा केन्द्रीत गर्ने अवस्थिले बताएका छन् ।
अवस्थी लामो समयदेखि सामाजिक र विद्यार्थी राजनीतिक सेवामा सक्रिय छन् ।अवस्थीले स्थानीय परिसद स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

सम्बन्धित समाचार