सुखड : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गर्दै
मिसन ८४ लाई सफल पार्ने नेतृत्व छनौट गर्न निर्देशन
दिएका छन ।
पार्टिमा
गुटबन्दी, अराजकता, अनुशासनहीनता नचल्ने चर्चा भन्दै अध्यक्ष ओलीले राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताएका हुन ।
अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्छ बताउदै सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिएका ओलिले “सहमति हुन नसके चुनावमा जाने र हार र जितलाई सहर्ष स्विकारेर अघि बढ्न तयार रहनुपर्ने बताए । स्वस्थ प्रतिस्पर्धा रामेल तर हार्नभन्दा छोड्न राम्रो भएको उनले बताए ।
एमाले कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम समापनलगतै सोमबार नयाँ नेतृत्व चयन गरिने छ । जिल्ला अध्यक्षका लागि तीनजना उम्मेदवारको नाम चर्चामा रहेको छ । अध्यक्ष पदका लागि दुर्गादत्त जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले उम्मेदवारी दिने चर्चा रहेको एमाले कैलालीले जनाएको छ ।