+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युवा आन्दोलनको योद्धा मदनराज रेग्मीको एमाले कैलालीको उपसचिवमा चर्चा

अत्रिदेव खबर
२०८० फागुन ४, शुक्रबार


धनगढी \नेकपा एमाले कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशनमा युवा आन्दोलका योद्धा मदनराज रेग्मीको उपसचिवमा चर्चा हुन थालेको छ ।

फागुन ६ र ७ गते सुख्खडमा हुने सो अधिवेशनमा उनले उपसचिवका लागि सशक्त दाबी गरेका हुन ।
युवा संघबाट आफ्नो राजनीति सुरु गरेका र युवा संघ नेपाल कैलालीका पूर्व अध्यक्ष समेत भई सकेका रेग्मीको नेकपा एमाले पार्टीको जिल्ला उपसचिवको लागि विशेष चर्चा हुने गरेको छ । नेकपा एमाले पार्टी वडा सदस्य, नगर सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै नेकपा हुँदा धनगढी उपमहानगरपालिका कार्यालय सदस्य समेत भईसकेका रेग्मी हाल नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य हुन । अखिल नेपाल किसान महासंघ प्रदेश अध्यक्ष समेत भएका रेग्मी युवामाँझमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।
राजनीतिसँगै व्यवसायमा पनि रहेका रेग्मी सामाजिक कामहरुमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन् ।

आफ्नो जिम्मेवारी र भूमिकालाई कुशलताकासाथ निभाउन सक्ने क्षमता रेग्मीमा छ। उनी राजनितीक दलले सुरु गरेका हरेक आन्दोलनमा अग्रणी भूमिकामा रहँदै आएका छन ।
आगामी अधिवेशनबाट रेग्मीलाई सर्वसम्मत अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भएपनि उपसचिवमा ल्याई छाड्ने प्रतिनिधिहरुको इच्छा रहेको एमाले कैलालीका नेताहरु बताउँछन् ।

२०८० फागुन ४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० फागुन ४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ