स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न


सुखड :  कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ । आज शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न गोष्ठीमा नेपाल सरकार राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयाल प्रमुख अतिथि रहेका थिए ।

गोष्ठीमा विभिन्न स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो स्थानीय निकायको मुख्य समस्या तथा त्यसको निराकरणका लागी राष्ट्रिय योजना आयोगका सदस्य डा। राम कुमार फुँयाल र सुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगका सदस्य दिपिका भट्टलाई ध्यानाकर्षण गराएका थिए ।

घोडाघोडी नगरपालिकाका तर्फबाट नगर कार्यापालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष  घनश्याम ओझाले नगरपालिकामा भए गरेका र अधुरा रहेका विकास निर्माणका विषयमा जानकारी गराएका थिए । भजनी नगरपालिकाको तर्फबाट भजनी नगरपालिका ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता बिक्रम चौधरीले नगरपालिका भित्रको मुख्य समस्याका रुपमा बाढी तथा डुबानको समस्या भएकाले समाधानका लागी योजना आयोगले काम गर्न पर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका सहित भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका गरि कैलालीका ३ स्थानीय निकायका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।   

गोष्ठीमा घोडाघोडी बहुमुखी क्याम्पसका अनुसन्धान विभाग प्रमुख डा। दिपकराज जोशीले सहभागीलाई देशको विकासका लागी कसरी काम गर्न सकिन्छ र आर्थिक कुराको व्यवस्थापन लगायतका विषयमा प्रस्तुति दिनुभएको थियो  ।

घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल सरकार राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयाल प्रमुख अतिथि रहेका थिए, भने वशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगका सदस्य दिपिका भट्ट रहेका थिए । गोष्ठीमा घोडाघोडी बहुमुखी क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार