सुखड : कैलालीको सुखडमा जारी घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव -२०८० हेरेर फर्कँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएकी घोडाघोडी नगरपालिका-१ कौवा निवासी मातादेवी साउदलाई आर्थिक सहयोग गरिएको छ ।
माघ २ गते महोत्सव हेरेर घर फर्कदैगर्दा घोडाघोडीमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी साउँदलाई उपचारमा सहज होस भनेर नगद ५ हजार सहयोग गरिएको महोत्सवको आयोजक संस्था घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीले बताए ।
मोटर साइकलले ठक्कर दिँदा उहाँको टाउको र खुट्टामा चोट लागेको रहेछ हाम्रो महोत्सव बाट उठेको रकम हामीले सामाजिक काममा लगाउने भनेअनुसार उहाँलाई सहयोग गरेका हौ आयोजक समितिका सचिव वीरेन्द्र जिसीले भने ।
आयोजक समितिबाट सहयोग पाएपछि उपचाररत साउदले आफूलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन ।