नकरोड घोडाघोडीको अध्यक्षमा सापकोटा र सचिवमा आचार्य निर्वाचित

सुखड :   कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् । 

३२१ मत प्राप्त गरेर अध्यक्षमा सापकोटा निर्वाचित हुँदा अर्का अध्यक्षका उम्मेदवार हरिनन्द जोशीले ४९ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले २५६ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार टंकराज अधिकारीले १०२ मत प्राप्त गरे । 
१ हजार ३७६ सेयर सदस्य रहेको संस्थामा  ३९२ जनाले मात्रै मतदान गरेका थिए ।
७ सदस्य र दुई पदाधिकारीमा सर्वसम्मत भएपनि अध्यक्ष र सचिवमा सहमति नभएपछि निर्वाचन भएको थियो । त्यस अघि उपाध्यक्षमा मैना ढकाल र कोषाध्यक्षमा गगनसिंह बोगटी सर्वसम्मत भइसकेका थिए । 
अध्यक्षमा निर्वाचित भएका सापकोटाले केही वर्ष भित्रै सहकारीलाई नमुना सहकारी बनाउने प्रतिबद्धता जनाएका छन् । 
‘सबै सदस्यहरुलाई हामीले नकरोड घोडाघोडीको सदस्यमा छौँ भन्नेमा गर्व गर्ने गरि काम गर्छौ ’ उनले भने, ‘आफ्नै जग्गा सहितको सहकारी भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।’
कैलालीको मध्य क्षेत्रमा अग्रणी सहकारी संस्थाको रुपमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी २०६४ सालमा स्थापना भएको थियो  ।

सम्बन्धित समाचार