कान्ति मावीले कब्जा गर्यो घोडाघोडी नगर स्तरीय रनिङ्ग शिल्ड


पहलमानपुर : कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताको उपाधि कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयले हात पारेको छ । कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उपाधि कान्ति राज्य लक्ष्मी माविले जितेको हो ।
नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिको आयोजनामा पुस २५ गते सुरु भएको प्रतियोगितामा सहभागी २२ विद्यालयलाई पछि पार्दै कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । कान्ति राज्य लक्ष्मी मावि १९ स्वर्ण, ९ रजत र ५ कांस्य गरी जम्मा ३३ पदकका साथ प्रथम भएको हो ।

त्यस्तै घोडाघोडी सामुदायिक विद्यालय  १० स्वर्ण, ६ रजत र ५ कांस्य गरी जम्मा २१ पदकका साथ दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी जम्मा ११ पदकका राष्ट्रिय मावि तारानगर तृतीय भएको छ । छनोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एक औपचारिक कार्यक्रमका बिच पुरस्कार तथा शिल्ड प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता नगरभरिका  सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, शर्टफुट, रिले दौड, हाई जम्प, दौड, ट्रिपल जम्प, ज्यावलिङ थ्रो, तेकान्दो र किराते लगायतका खेलहरू सञ्चालन भएको थियो । पुस २५ गते देखि सञ्चालन भएको माध्यमिक तहको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २८ गते सम्म सञ्चालन भएको थियो ।
नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिका संयोजक धन बहादुर बमको सभाध्यक्षमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । प्रतियोगिताको समापन वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेल प्रेमी, शिक्षक, विद्यार्थी, प्रहरी, सशस्त्र प्रहरी बल लगायतको सहभागिता रहेको रहेको थियो । रामप्रसाद गौतमको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन हुन विश्वनाथ देवकोटाले गरेको थिए ।

सम्बन्धित समाचार