+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नकरोड सहकारीको अध्यक्षमा ३ जनाको उम्मेदवारी ,लेखा समिती निर्विरोध

अत्रिदेव खबर
१ साल अगाडी


सुखड : कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको श्री नकरोड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्शिक साधारणसभा अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता भएका छन ।
मनोनयन दर्ता अन्तर्गत आज अध्यक्षमा हरिलाल सापकोटा सहित ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षको अन्य उम्मेदवारमा मनराज शाही र हरिनन्दन जोशी रहेका छन ।

त्यस्तै उपाध्यक्षमा मैना ढकाल र भरत बहादुर शाहीले उम्मेदवारी दिदा सचिवमा रमादेवी आचार्य,नारायण आचार्य र टंकराज अधिकारीको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा रामप्रसाद सापकोटा र गगनसिंह बोगटीको उम्मेदवारी परेको छ ।

निर्वाचन अन्तर्गत सदस्यहरुमा भुवन जोशी ,बिरबहादुर खाती,हेमबहादुर बम ,गितादेवी बोहरा,मनिराम न्यौपाने ,जमुनादेवी ओली र कृष्ण चौधरीले उम्मेदवारी दिएका छ्न । लेखासमितिमा भुपेन्द्र कुवर लेखा सदस्यमा दिनेश कुमार लामिछाने र पदमा देवकोटा निर्विरोध निर्बाचित भएको निर्वाचन समितिका संयोजक पुर्णराज जोशिले जानकारी दिए ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ