सुखड दरख खानेपानीको साधारणसभा शुरु


सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको सुखड दरख खानेपानि तथा सरसफाइ उपभोक्ता समितिको ५ औँ चुनावी साधारणसभा शुरु भएको छ
समितिको साधारणसभा अन्तर्गत  उद्घाटन सत्र आज सम्पन्न सम्पन्न भएको हो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । आजै साधारसभाको बन्दसत्रले निर्वाचन मण्डलको गठन गरि निर्वाचन प्रकृया अघि बढाएको हो ।
आज भएको सभाको  उद्घाटन समारोहमा   “खानेपानीमा शुद्धता ,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०७९/०८० को रु १९ करोड ३१ लाख बराबरको आय व्यय प्रस्तुत गरिएको हो ।
समितिका अध्यक्ष निरज मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी रहेका थिए । विशिष्ट अतिथिमा नगर प्रमुख खडक बहादुर रावत र नगर विकास कोषका सुवास पन्त रहेको थिए ।
कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । सुखड दरख खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष तिलक भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव टेकराज आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार