घोडाघोडीको दुई वडामा अतिबिपन्नका १२ घर बन्ने


सुखड : घोडघोडी नगरपालिका र रास्ट्रीय दलित नेटवर्कको सहकार्यमा घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ र ९ मा अति बिपन्नका बार्ह घर बन्ने सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।
आज घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतको उपस्थितिमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दान बहादुर ऎडी र रास्ट्रीय दलित नेटवर्कका महासचिव मोहन वडले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार दुई वडामा ६/६ वटा ब्लकको चिनाइ र जस्ताले छाएको घर बन्नेछन । जसमा २ कोठा १ किचन अनि सौचालय पनि हुनेछन ।

घर निर्माणको कुल लागत ७ लाख रहने छ भने घर निर्माणमा नगरपालिकाको तर्फबाट ३ लाख रास्ट्रीय दलित नेटवर्कको तर्फबाट २ लाख र प्राबिधिक सहयोग रहने छ भने बाकी लाभान्वितको श्रमदान रहने रास्ट्रीय दलित नेटवर्ककि सामाजिक परिचालिका मालती बिकले बताइन ।

सम्बन्धित समाचार