+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पालिकाले सडक मर्मत सम्भार गर्ने भएपछी खुल्यो ताला

अत्रिदेव खबर
२०८० पौष १२, बिहिबार


सुखड :  कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा लगाइएको ताला खुकेको छ। वडा नम्बर ४ का स्थानीयले सडक कालोपत्रे, नदीमा तटबन्ध र मनोमानी नदीजन्य पदार्थको कर सङ्कलन गरेको भन्दै लगाएको ताला पालिकासंगको सहमतीमा खुलेको छ ।

उनीहरुले तीन बुँदे मागसहित वडा नम्बर ४ र नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।  वडा नम्बर ४ को सिमथरी चोकदेखि गैडाखेडासम्म कालोपत्रे सडक, टेङ्गना नदीमा तटबन्ध र नदीजन्य पदार्थ सङ्कलनको ठेक्का पाएको कम्पनीले मनोमानी शुल्क लिएको भन्दै वडाका नागरिक आन्दोलित भएका हुन्।

वडा र नगरपालिकाको कार्यालय घेराउ गर्दै उनीहरूले तालाबन्दी गरेपछी  कार्यलयमै रहेका नगर प्रमुख खडक रावतले आफू नागरिक प्रती जिम्मेवार रहेको र जनताका जायज माग पूरा गर्न लाग्ने र सडकको मर्मत सम्भार गर्ने प्रतिबद्धता पछि   सहमती जुटेको प्रमुख प्रसासकिय अधिकृत दान बहादुर ऎडीले अत्रीदेव खवरलाइ जानकारी दिए ।

२०८० पौष १२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष १२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ