सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा बाल विवाह न्युनिकरण र खोप सचेतना सम्बन्धि कचहरी नाटक प्रदर्शन गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्धारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत वडा न ५ सरैया र वडा न १२ त्रिवेणि चोकमा बाल बिबाह,नियमित खोप,जन्मदर्ताका बारेमा कचहरी नाटक प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगपालिकाका प्रमुख खडक रावतले नाटकले आफुलाई अझै जिम्मेवारी बोध गराएको बताए । बाल विवाह न्युनिकरण तथा खोप लगाउनका लागि नाटकले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै उनले भने,यस्ता सचेतना मुलक कार्यक्रमले नागरिकलाई सचेत बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न ५ का अध्यक्ष लोक बहादुर चन्दले अहिलेको परिस्थिती अनुसार सडक नाटक प्रदर्शन गरेकोमा आयोजकलाइ धन्यवाद ज्ञापन गरे । बड्दो बाल विवाह न्युनिकरणका लागि यस्ता सचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए । खोप बाट आफ्ना बच्चालाई बन्चित नगर्नु र नगराउन पनि उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १२ का अध्यक्ष राम दुलारे चौधरिले नाटकले दिन खोजेको सुचनालाइ मनन गर्दै बाल विवाह गर्न नहुने बताए । खोप पनि अनिवार्य रहेको बताउदै उनले भने, नाटकले दिन खोजेको सुचना एकदमै राम्रो छ ।
बास नेपालका परियोजना अनुगमन अधिकृत हरि जोशिको सभाध्यक्षतामा सम्पन्न गरिएको कचहरी नाटकमा लोकेश मगर,बास नेपालका भिमदत्त नगरपालिकाका सामाजिक परिचालक पुष्कर राज पन्त, रिना चौधरी ,दुर्गा जाग्रि,लक्ष्मि जोशि,गोबिन्द अवस्थि,बिरेन्द्र सिंले अभिनय गरेका थिए ।