घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सव -२०८० हुँदै 

सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा  घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यही  पौष २६ देखि महोत्सव सुरु  हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । 

 “कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध  घोडाघोडीको आधार ” भन्ने मूल नाराका साथ  सुरु हुने महोत्सव माघ ६ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्  । 

महोत्सव आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउँदै संस्थाका सचिव वीरेन्द्र जिसीले महोत्सव सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । 

विगत ४ वर्ष देखि यस नगरपालिकामा रहेर संस्थाले काम गरिरहेको बताउँदै जिसीले भने , केही दिन पहिले मात्रै हामीलाई यो संस्था हस्तान्तरण गरिएको हो  महोत्सव सफल पार्नका लागि स्थानीय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ । 

कला सस्कृती र पर्यटनलाई  उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने मूल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै 

रमाइलो मेला,मगर गाउँ थारु गाउँ, देउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ । 

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाई  एक सय, विद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार