+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु

अत्रिदेव खबर
२०८० मंसिर २३, शनिबार


रौतहट : रौतहट जिल्लामा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका एक किसानको मृत्यु भएको छ ।
माधवनारायण नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय बैजुलाल पण्डितले खेत जोतिरहेको अवस्थामा ११ केभीको तार चुँडिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेत जोतिरहेको अवस्थामा करेन्टसहितको तार पण्डितमाथि खसेको थियो । उक्त करेन्ट लागेर उनीसँगै खेत जोतिरहेको एउटा गोरु पनि मरेको छ ।

बिहान पौने १२ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ । पहिलेदेखि नै बिजुलीको सर्ट भएर त्यहाँ आगो बल्ने गरेको तर विद्युत प्राधिकरणको लापरबाहीले समयमै मर्मत नहुँदा घटना भएको स्थानीयको आरोप छ।

२०८० मंसिर २३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ