+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

परिवारलाई घरभित्रै थुनेर पाख्रीबासका वडाध्यक्षको

अत्रिदेव खबर
२०८० मंसिर १८, सोमबार

अत्रीदेव खबर: धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँ सोमबार बिहान १२ः४८ बजेतिर ब्युझिँदा घरभित्र धुँवाको मुस्लो घुमिरहेको थियो।
मस्त निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाएपछि उनी पत्नीसहित बाहिर निस्कन खोजे। तर, धुँवाका कारण सम्भव नभएपछि उनले छिमेकी गुहारे। 
एकैछिनमा भेला भएका छिमेकीहरूले भर्‍याङ दिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकाले। बाहिर निस्केपछि सबै मिलेर आगो निभाए।
‘पहाडको ढुंगा र माटोको घर भएकाले आगो सल्किन र फैलिन समय लागेर मात्रै हो नत्र हामी बाँच्न पनि कठिन हुने रहेछ’, गुरागाइँले भने, ‘हामीलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको रहेछ।’ 
घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन।
वडाध्यक्ष गुरागाइँलाई पनि यसबारे केही अनुमान र शंका छैन।
‘यसरी ज्यानै लिने गरी कसले र किन लगायो केही अनुमान गर्न सकेको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’ 
 
पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्ती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन।

२०८० मंसिर १८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ