+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अत्तरियामा गोलि चल्यो

अत्रिदेव खबर
२०७९ पौष ३, आईतबार


कैलाली– कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियामा सुन व्यवसाय संचालन गर्ने विकाश गौतम माथी गोली चलेको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका उनीमाथि अत्तरियायाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको हो ।

उनीमाथि अत्तरियाबाट पुवी दिसा तर्फ गइरहेको मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको स्थानीयले बताएका छन ।

गौतममाथी २ गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनका बुवा एलबी गौतमले जानकारी दिएका छन ।

गोली प्रहार पछि सुटरले गोतमसंग भएको व्याग लगेर फरार भएको स्थानीय प्रत्यक्षदर्शी हेमराज जोशीले बताए ।

अहिले प्रहरी घटनास्थलमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२०७९ पौष ३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ पौष ३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ