+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

अत्रिदेव खबर
२०७९ अषाढ १२, आईतबार

चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।

उनकाअनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीले बताए।

२०७९ अषाढ १२, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ १२, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ