+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यार्थीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

अत्रिदेव खबर
२०७९ अषाढ ११, शनिबार

कास्कीमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन्।

माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो। ४८ वर्षीय रामचन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो।

उनले आफ्नै विद्यालयमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोप छ।

जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

कास्की जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

२०७९ अषाढ ११, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ११, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ