+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

अत्रिदेव खबर
२०७९ अषाढ ९, बिहिबार

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

उनका अनुसार दुर्घटनापश्चात् गाडीमा सवार घाइते ७ यात्रुलाई उपचारको लागि भारदह अस्पताल र ४ जनालाई स्थानीय मेडिकल कलेजमा लगिएको छ।

प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२०७९ अषाढ ९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ