+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं विश्वविद्यालयबाट ३८ हजार ३३६ विद्यार्थी दीक्षित

अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

काठमाडौं विश्वविद्यालय (केयु) बाट ३८ हजार ३३६ विद्यार्थी दीक्षित भएका छन्।

शुक्रबार आयोजित विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहका अवसरमा सो जानकारी दिइएको हो।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित समारोहमा विभिन्न कार्यक्रमबाट उत्तीर्ण एक हजार ७ सय १५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरियो।

दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिए।

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ