+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनमोहन प्राविधिक विश्वविद्यालयलाई सेनाको हेलिकप्टर हस्तान्तरण

अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

२० जेठ, काठमाडौं । नेपाली सेनाले प्रयोगात्मक अभ्यासका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रयोगविहिन अवस्थामा रहेको हेलिकप्टर र त्यससँग सम्बन्धित पार्टपूर्जाहरू हस्तान्तरण गरेको छ ।

रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने भन्दै सेनाको स्वामित्वमा रहेको NA-039 CHEETAH HELICOPTER (SERIAL NO:- CH-059) हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपूर्जाहरु नेपाली सेनाले विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो ।

मन्त्रिपरिषदले २५ वैशाखमा गरेको निर्णयअनुसार उक्त हेलिकप्टर सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरेको सेनाले जनाएको छ । विश्वविद्यालयले अघिल्लो आर्थिक वर्षबाट रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा पढाइ सञ्चालन गरेको छ ।

सेनाका अनुसार हस्तान्तरण गरेको हेलिकप्टर भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको थियो भने भारतले २६ मंसिर २०५८ मा नेपाली सेनालाई सहयोग स्वरुप दिएको थियो । हेलिकप्टर निर्माण कम्पनीले तोकेको उडान समयावधि सकिएर हाल ग्राउन्डेड अवस्थामा रहेको थियो ।

यो सहयोगले विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाली सेनाले भविष्यमा पनि हवाई साधन मर्मत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गरिने जानकारी दिएको छ ।

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ