+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको लैनचौरमा प्रहरीबाटै लुटिए व्यापारी, मोबाइलबाट खुल्यो रहस्य

अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

काठमाडौंको लैनचौरमा एक व्यापारी प्रहरीबाटै लुटिएको खुलेको छ। दुई साताअघि भएको लुटपाटमा प्रहरीकै संलग्नता खुलेको हो।

काठमाडौं प्रहरी परिसरले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

हामी घटनाको अनुसन्धान गरिरहेका छौँ। मान्छेको पहिचान भइसकेको छ। केही मान्छे ल्याएका छौँ। केही आउने क्रममा छन्’, परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने।

लुटपाटमा संलग्न व्यक्तिहरुले एक किलो सुन ३५ लाख रुपैयाँमा दिने भन्दै बोलाएपछि सुन व्यापारी झोलामा ३५ लाख रुपैयाँ लिएर त्यहाँ पुगेका थिए। तर उनलाई सुन नदिई प्रहरीसहितको समूहले रकम लुटेर भागेको थियो।

एक किलो सुनलाई शुक्रबारको बजार मूल्यअनुसार ८४ लाख ४५ हजार रुपैयाँ पर्छ। एसएसपी गिरी भन्छन्, ‘व्यापारी लोभमा पर्दा घटना घट्न पुग्यो। यस्तो गलत कुरा पत्याउनै नहुने। हामी अनुसन्धान सकेर सबै कुरा सार्वजनिक गर्छौँ।’

सुन किनबेचका लागि भनेर उनीहरु लैनचौरको ब्याडमिन्टन कोर्टमा भेला भएका थिए। उनीहरुले व्यापारीलाई सुन नदिई पैसा लुटेर फरार भएका थिए।

लुटपाटमा दुई जना प्रहरी पनि संलग्न रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। तर परिसरले भने यसबारे अनुसन्धान भइरहेको भन्दै बताउन चाहेन।

व्यापारीको ३५ लाख रुपैयाँ लुटेर भाग्दा मोबाइल खसेको थियो। त्यो खसेको मोबाइल नै प्रहरीको भएको खुलेको हो। त्यो मोबाइल लिएर लुटपाटमा परेका व्यापारी नै प्रहरी कार्यालय पुगेका थिए।

त्यही मोबाइल प्रमाण बन्दा प्रहरीले लुटपाटमा संलग्न सहजै पत्ता लगाउन सकेको हो। तर एसएसपी गिरी भन्छन्, ‘लुटेरा पनि कति बाठा भएका हुन्। मोबाइल नै फालेर भागेका रहेछन्।’

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ