+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गन्न बाँकी मतभन्दा रेनु दाहालको अग्रता धेरै

अत्रिदेव खबर
३ साल अगाडी

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् ।

रेनु दाहाल ५१ हजार ११२ मत ल्याउँदा एमाले​-राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन्।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ