दैलेखको नारायण नगरपालिका वडा नं १ समितिले कुनै वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ दिने भएको छ।
निर्वाचनपछि बसेको वडासमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी वडाले सर्वसम्मत निर्णय गरेको जनाएका छन्।
२०७९ जेष्ठ ८, आईतबार