+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोदावरीमा प्रमुख काँग्रेस र उप–प्मुखमा एमाले विजयी

अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ। मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन्।

 

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्। यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो। गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर समेत हो। यहाँ २०७४ को निर्वाचनमा एमालेले जितेको थियो

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ