+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रूकुम पश्चिमको मुसिकोटमा काँग्रेसको अग्रता कायमै

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस-नेकपा एमालेको गठबन्धनले अग्रता कायम राखेको छ।

 

मुसिकोट नगरपालिकामा ८९२ मत गणना गर्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले ४७८ मत प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार बसन्त शर्माले ३३३ मत प्राप्त गरेका छन्।

 

उपप्रमुखमा नेकपा एमालेका गठबन्धनका उम्मेदवार थलबहादुर वलीले ३९१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले २७६ मत प्राप्त गरेका छन्

मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल छ। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल छ।

 

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ