+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दाङको शान्तिनगर गाउँपालिकामा काँग्रेसको अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले सुरूवाती अग्रता लिएको छ।

 

४१२ मत गणना हुँदा गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार प्रमोद बस्नेतले १६० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा प्रेमाकुमारी बुढाथोकीले १५६ मत पाप्त गरेकी छन्।

त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मोहनलाल वलीले ११८ र उपाध्यक्षमा राधिका परियारले ११७ मत प्राप्त गरेकी छन्।

 

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बिष्णु केसी तेस्रो स्थानमा छन्। उनले ८९ मत प्राप्त गर्दा उपाध्यक्षमा एमालेकी कमला भण्डारीले ८८ मत प्राप्त गरेकी छन्।

यो गाउँपालिका अन्तरगत वडा नं. १ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका जंगबहादुर पुन ११९, नेपाली काँग्रेसका दुर्गा घर्ती ११२, स्वतन्त्र उम्मेदवार धारा चुनाव चिन्हका हिराबहादुर वली ७६ र नेकपा एमालेका उम्मेदवारले ७४ मत प्राप्त गरेका छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ