+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बित्थडचिरमा मतगणना जारी, दोब्बर मतले एमाले अगाडि

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

बझाङको बित्थडचिर गाउँपालिकामा मतगणना जारी छ। प्राप्त पछिल्लो परिणामअनुसार पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले शुरुआती अग्रता बनाएका छन्।

कांग्रेसका अमर महर पछिपछि छन्। समाजवादी–माओवादी गठबन्धनका उम्मेदवार जय बहादुर बोहरा तेस्रो स्थानमा छन्।

वडा नम्बर १ को ४०८ मत गणना हुँदा एमालेका उम्मेदवार लोकेन्द्र बोहराले २३१ मत पाउदा कांग्रेसका महरले १२६ मत पाएका छन् भने समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन्।

शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पूरा भएपछि गाउँपालिका केन्द्र देउलेखमा मतगणना शुरु भएको हो। राति १० बजेदेखि शुरु हुने भनिएको मतगणना प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा बिहान ३ बजेपछि मात्रै शुरु भएको थियो।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ