+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौन अवधि: सिराहामा पैसा बाँडेको आशंकामा एक नियन्त्रणमा, कपिलवस्तुमा रक्सी बरामद

अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

सिराहामा मौन अवधि सुरू भएपछि पैसा बाँडेको आरोपमा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

 

गोलबजार नगरपालिका-२ का ६८ वर्षीय माओवादी कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए।

 

पैसा बाँडिरहेको शंकामा एमाले समर्थक व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको र पछि प्रहरीले गएर रेस्क्यू गरेको बताए /

गोलबजारमा पैसा बाँडेको भन्ने शंकापछि उनलाई स्थानीयले नियन्त्रणमा लिएको रहेछ। पछि हाम्रो टोली गएर उनलाई केही गर्लान् भनेर रेस्क्यू गरेको हो,’ उनले भने, ‘पैसा बाँडेको भए आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन भनेका छौं।’

लामाको गोजीबाट ९ हजार रुपैयाँ बरामद भएको थियो। तर १० हजार रुपैयाँ बाँड्न लागेको भन्दै लिखित उजुरी परेको गोलबजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए।

लामालाई कार्यालयले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

गोजीबाट ९ हजार बरामद भएको रहेछ। लिखित निवेदनमा १० हजार भनेर आएको छ। हामी स्पष्टीकरणको पत्र काट्दैछौं,’ उनले भने, ‘आचारसंहिताको उल्लंघन गरेको पुष्टि भएमा उनलाई कारबाही त गरिहाल्छौं। सुनुवाइको मौका दिन्छौं।’

उता कपिलवस्तुबाट प्रहरीले १२ कार्टुन रक्सी समेत बरामद गरेको छ। मौन अवधिको समयमा रक्सी किनबेच गर्न निषेध गरिएको छ।

 

त्यसबीच चेकिङको क्रममा रक्सी ओसारपसार गरिरहेको फेला परेपछि प्रहरीले रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।

कपिलवस्तु नगरपालिका-३बाट लु १ ज २४१० नम्बरको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

 

‘मौन अवधिको समयमा रक्सी किनेबेच गर्न पाइन्न। तर चेकिङको क्रममा गाडीमा हालेर ल्याएको अवस्थामा पाएपछि हामीले रक्सी बरामद गरेका हौं,’ शाहले भने, ‘गाडी र चालकलाई पनि नियन्त्रणमा लिएका छौं। तर कता लग्दै थियो भन्ने खुलिइसकेको छैन।’

 

उनको गाडीबाट स्टार नामको १२ कार्टुनमा ३६० बोतल रक्सी बरामद भएको हो।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ