कञ्चनपुरको पुनर्वासमा बुधवार राती चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटर साइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
पुनर्वास नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको मोटर साइकल स्थानीयले प्रहरीलाई बुझाएका हुन ।
बुधवार राती करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नम्बर २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए ।
स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।
निर्वाचन आचार संहिता विपरीत मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।