+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२५ नटिकल माइल उडेपछि बायाँ इन्जिनमा समस्या आएको थियो श्री एयरलाइन्सको जहाजमा

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।

 

बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

काठमाडौं विमानस्थलबाट २५ नटिकल माइल उडेपछि ८० यात्रु लिएर उडेको जहाजको बाँया इन्जिनमा समस्या आएको सिटौलाले बताए।

 

‘त्यसपछि एउटा इन्जिनको भरमा जहाज काठमाडौं फर्कियो र १२ बजेर ८ मिनेटमा सफल अवतरण भयो,’ उनले भने।

जहाजको अहिले प्राविधिक परीक्षण भइरहेको छ। उक्त जहाजमा धनगढी जान लागेका यात्रुलाई आजै अर्को जहाजमा पठाउने कि के गर्ने भन्नेबारे छलफल भइरहेको श्री एयरलाइन्सले जनाएको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ