+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ परेका छन्।

 

केन्द्रीय अनुसन्धान ब्युरोले टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

प्रहरीले मंगलबार काठमाडौंको मनमैजुबाट उनलाई पक्राउ गरेको हो।

 

खड्कीले २०७७ साल साउन १४ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर पीडितलाई दिएका थिए।

चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा गत चैत २५ गते तीन दिन कैद र १० लाख जरिवाना हुने ठहर गरेको थियो।

 

सो फैसला कार्यान्वयन गर्न ब्युरोले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।

 

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ