+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुटवलको मिलनचोकमा बम बिस्फोट

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्

 

बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।

 

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ