+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यालयहरूमा पनि आइतबार बिदा हुने

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

 

जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी शनिबार र आइतबार बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको हो।

 

प्रवक्ता शर्माका अनुसार हप्ताको दुई दिन बिदा दिने निर्णयसँगै शुक्रबार भने पूरा दिन पढाउने निर्णय गरेको हो।

वार्षिक रूपमा हुने ५० दिने हिउँदे, वर्षे बिदाहरू कटौती गरी जम्मा २५ दिनसम्म मात्रै दिन पाइने भएको उनले बताए।

 

यसअघि सरकारले सबै कार्यालयमा हप्ताको दुई दिन प्रशिक्षणको रूपमा जेठ १ गतेदेखि बिदा दिने निर्णय गरेको थियो। तर विद्यालयहरू के गर्ने भन्ने निर्णय गरिसकेको थिएन।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ