+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार आरोपमा माओवादी कार्यकर्ता पक्राउ

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।

 

बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएको हो।

उनलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनालगत्तै उनी फरार थिए। उनी रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

 

वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।

आक्रमणबाट तरण दलका कार्यकर्ता ३० वर्षका मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका थिए। उनीहरुको ढाड लगायत शरीरको विभिन्न भागमो गहिरो चोट लागेको थियो।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनामा संलग्न रहेका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। यो घटनामा माओवादीका पाँच जना कार्यकर्ता संलग्न रहेको प्रहरीको अनुमान छ। अरूको खोजी भइरहेको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ