+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेलौरीमा एमालेको घरदैलो(फोटो फिचर)

अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार
अत्रिदेव खबर,२३बैशाख
बेलौरी ः कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।
समृद्ध बेलौरीको परिकल्पनाका साथ चुनावी मैदानमा होमिएको नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो ।
बेलौरी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार कमला बोहरा तथा उप प्रमुख पदका उम्मेदवार जोगराम थारुले ‘एक घर एक सीप कार्यक्रम’ मार्फत घर घरमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने प्रतिबद्धता सहित घरदैलो कार्यक्रमलाई तीव्रता दिएको नेकपा एमाले बेलौरी जनाएको छ ।
पालिकाका सबै वडामा एमालेका सूर्य ध्वजा बाहक उम्मेदवारलाई जनताले किन मत दिने ,आफूहरूले जितेपछि जनताका लागी कस्ता कार्यक्रम जारी गर्ने लगायतका जानकारी जनतालाई गराउँदै बेलौरीका हरेक वडामा एमालेले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएको हो ।
घरदैलो अभियानमा जनताका घरघरमा पुग्दा न्यानो माया र आशीर्वाद पाएको नगरप्रमुख पदका उम्मेदवार कमला बोहराले बताउनुभयो । बेलौरी बासीको समृद्ध बेलौरी हेर्ने चाहना आफूले पुरा गर्ने बताउँदै नगरप्रमुख पदका उम्मेदवार बोहराले यस पटक जनताले सूर्यमा मतदान गरेर नेकपा एमालेलाई विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।
बेलौरीको घरदैलो अभियान हेर्नुस तस्विरमा

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ