+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता- वरिष्ठ नेता पौडेल

अत्रिदेव खबर
२०७९ बैशाख १९, सोमबार

पाँच दलीय सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेका छन्। आज बिहान बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्नरगराउन आ९आफ्ना दलले आ९आफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने।’ साथै गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि निर्णय भएको छ।

गठबन्धनले सहमति पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णयसमेत गरेको छ।

२०७९ बैशाख १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ