+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पार्टी र उम्मेदवारलाई लक्षित गर्दै फेसबुक लगायतमा भ्रामक सूचना राखे आयोगले कारबाही गर्ने

अत्रिदेव खबर
२०७९ बैशाख १९, सोमबार

निर्वाचन आयोगले स्थानीय चुनावका उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना पोस्ट नगर्न आग्रह गरेको छ।

द्वेषपूर्ण अभिव्यक्तिहरू फेसबुकलगायत सामाजिक सञ्जालमा देखिएको भन्दै आयोगले यस्ता गलत, भ्रामक र चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउनेजस्ता काम नगर्न सचेत गराएको छ।

मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रभाव पार्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आयोगले आग्रह गरेको हो।

आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरेको पाइए निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कानून बमोजिम कारबाही गर्ने आयोगले चेतावनी दिएको छ।

२०७९ बैशाख १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ