+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख १९, सोमबार

नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ।

मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का विशालराज महत, मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगर वडा नम्बर ११ का अक्कल क्षेत्री, वडा नम्बर १९ का रत्न ब्लोन र रमेश पौडेललाई आइतबार साधारण सदस्य पनि नरहने गरी एमालेले कारबाही गरेको छ।

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठका अनुसार पार्टीका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरिएको हो। उनीहरूलाई उम्मेदवारी फिर्ता लिन समय दिइए पनि अस्वीकार गरेको देखिएकोले कारबाही गर्नुपरेको उनले बताए।

उनीहरूले स्थानीय चुनावका लागि विभिन्न पदमा उम्मेदवारी दिएका थिए।

हेटौंडामा बाइपास सडक बनाउनुपर्छ: ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका छन्।

हेटौँडामा जिफन्ट मकवानपुरले आइतबार गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको उनले बताए।

बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मत दिएर देखाइदिने पनि बताए।

२०७९ बैशाख १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर