+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“चुरे गाउँपालिकामा एमाले जित्ने पक्का छ” – बोगटी

अत्रिदेव खबर
२०७९ बैशाख १८, आईतबार

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले) को जित सुनिश्चित रहेको पालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर बोगटीले बताएका छन् ।

चुनावी प्रचारप्रसारमा रहेका बोगटीले एमालेप्रति आम जनताले देखाएको सद्भाव र उर्जाबाटै जित सुनिश्चित भएको अड्कल गर्न सकिने दाबी गरेका छन् । ‘जितको विगुल फुक्न मतदानको समय कुर्नैपर्छ’, उनले भने, ‘होईन भने जित हासिल गर्नेमा ढुक्क छौँ ।’ त्यस्तै बोगटीले गाउँपालिकाभरका अधिकांश वडाहरुमा पनि नेकपा (एमाले) को लहरले छुट्टै तरंग ल्याएको बताएका छन् ।

शनिबार चुरे गाउँपालिका वडा नं २ बाट आमसभा सूरु गरेको बोगटीले जानकारी दिए । आजको कार्यतालिका अनुसार ४ नम्बर वडामा आमसभा रहेको बताउँदै २४ गते खानिडाँडामा वडास्तरिय आमसभाको समापन गरिने बोगटीले बताएका छन् । त्यस्तै २७ गते गाउँपालिका स्तरिय आमसभा सहजपुरमा गरिनेछ ।

चुरे गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट उपाध्यक्षमा  दिपा सावदले उम्मेदवारी दिएकी छिन् । गाउँपालिको चुनावी प्रचारप्रसार अभियानमा नकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद्का सदस्य डिल्लिराज भट्ट र एमाले प्रदेश कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगर लगाएतको उपस्थिति रहेको छ ।

२०७९ बैशाख १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ