+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैँची चुनाब चिन्ह लिएर लम्किचुहा-१० को चुनाबी मैदानमा स्वतन्त्र उम्मेदवार सचिन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख १८, आईतबार

स्थानिय चुनाब आउन लगभग १२ दिन बाकि छ गाउँ घरमा स्थानिय चुनाबको सरगर्मी बढेको छ, गाउघरमा दलहरूले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ, गाउँमा नेताजादा जनताले छुट्टै एजेन्डा तयार गरेका छन उक्त काम गरे मात्रै भोट दिने अठोट जनताले राखेका छन उक्त एजेन्डा स्वीकार गरि लम्किचुहा नगरपालिकाका वडा नं १० का स्वतन्त्र उम्मेदवार सचिन चौधरिले आफुले जितेर सत्तामा गएपछि आफ्नो कार्यकालमा जनताका सबै एजेन्डा पुरा गर्ने अठोट गरेका छन।

चौधरी सानैबाट समाजसेवामा समेत निरन्तर लागेका छन समाजमा हुनेगरेका ब्यथितिहरूलाई हटाउन कहिलै पछि परेनेन भजनि नगरपालिकाको वडाध्यक्षमा मनोनरयन दर्ता भएपछि वडाका जनताले बोहरालाई जिताएपछि वडाको मुहार फेरिनेमा उक्त वडाका बुद्धिजीवी आशाबादी रहेका छन।
सानैबाट राजनितिमा लागेका चौधरी नगरको बिकासमा सदैब अगाडि बढेको देखिन्छ उहाँ बिभिन्न संघ संस्थामा समेत आबद्ध रहेका छन जनताले बिश्वास गरेर जिताएपछि आफु उक्त वडाको मुहार फेर्ने बताउनु हुन्छ आगामि दिनमा के भयो त्यो बिर्षेर आउने दिनमा कसरि अगाडी बढ्ने भनि हातेमालो गरि अघि बढ्ने उहाको भनाई छ।
सामाजिक कार्यलाई तिब्रता दिने चौधरीलाई हिजो १७ गते चुनाब चिन्ह कैचि उपलब्ध भएको छ, देशैभर स्वतन्त्र उम्मेदवारको घुइँचो लागेको छ कुनै दलले आफ्नो बारेमा मात्र सोच्ने र जनताको बिकासका लागि नसोच्ने पर्बितिले गर्दा बिकासका कार्य अघि बढेनन लंकामा सुन छ कान मेरो घोच्छ भनेझै नेता तथा कार्यकर्ताले आफ्नो पेट मात्र भर्ने गर्छन तर जनताका बारेमा एकरत्ति सुन्दैनन जनताका कुरा नसुन्ने हो भने उक्त नगर तथा वडाको बिकास कसरि अघि बढ्छ आगामि ७४ सालको स्थानिय चुनाब जितेर सत्तामा वडाध्यक्ष नगरप्रमुख तथा उपप्रमुख त आए तर आफ्नो दल परिवारका लागि मात्रै सोचे जनताले बिकास के हो भनि नियाल्न समेत नसकेको स्वतन्त्र उम्मेदवार चौधरीको भनाई छ

२०७९ बैशाख १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर