+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेलौरि नगरपालिकामा मेयरका उम्मेदवार बोहोरा, यस्ता छन उनका पाँच बर्षे आकांक्षा कार्ययोजना

अत्रिदेव खबर
२०७९ बैशाख १३, मंगलबार

खगेन्द्र अबस्थि
कैलाली
सोमबार स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन भईरहेको थियो। निर्वाचन अधिकृतको कार्यालयले प्रमुख दलहरुलाई हिजो विहान ११ बजेपछिको समय दिएको थियो।

नेकपा एमालेले बेलौरि नगरपालिकामा विशाल प्रदर्शनसहित मनोनयन गरेको छ । मेयरका उम्मेदवार कमला बोहरा र पाटीका नेताहरुको सहभागिता रहेको थियो । उम्मेदवारी मनोनयनमा देखिएको सहभागिताले उत्साहित बनाएको मेयरकि उम्मेदवार बोहोराले बताउनु भयो।
बोहरा सानैबाट समाजसेवामा समेत निरन्तर लागेकि छन समाजमा हुनेगरेका ब्यथितिहरूलाई हटाउन कहिलै पछि परिनन नेकपा एमालेबाट बेलौरि नगरपालिकाको मेयरमा मनोनयन दर्ता भएपछि नगरका जनताले बोहरालाई जिताएपछि नगरको मुहार फेरिनेमा उक्त नगरका बुद्धिजीवी आशाबादी रहेका छन।
सानैबाट राजनितिमा लागेकि मेयर नगरको बिकासमा सदैब अगाडि बढेको देखिन्छ उहाँ बिभिन्न संघ संस्थामा समेत आबद्ध रहेकि छिन जनताले बिश्वास गरेर जिताएपछि आफु उक्त नगरको मुहार फेर्ने बताउनु हुन्छ आगामि दिनमा के भयो त्यो बिर्षेर आउने दिनमा कसरि अगाडी बढ्ने भनि हातेमालो गरि अघि बढ्ने उहाको भनाई छ।
यस्ता छन बोहराका पाँच बर्षे आकांक्षि योजना 
• अधुरा रहेका काम पुर्बताका साथ तिब्रता
• बेलौरि नगरपालिकाका जिर्ण बिधालयहरू पुनः निर्माण
• चक्रपथ विस्तारमा निरन्तरता
• महिला तथा बालबालिका लक्षित अस्पताल
• पर्यटकिय स्थल बन्दाताल, लामाताल, शोभातालको प्रबर्धन सम्बर्धन
• छोरिजन्म बचत कार्यक्रम
• प्रत्येक महिना नगरपालिकाको एक वडामा जेष्ठ नागरिक सम्मान कार्यक्रम
• सामाजिक न्याय महिला स्वरोजगार बेलौरिको बिकास र समृद्धिको मुल आधार सहित महिला स्वरोजगार कार्यक्रम
• महिला स्वस्थ र जिबनरक्षाका लागि प्रत्येक वडामा निशुल्क स्यानटरि प्याड निशुल्क एम्बुलेन्स र गर्भवति पोषण कार्यक्रम
• नगर गौरव योजनाको रूपमा पाठेघर सिकन तथा परिक्षण कार्यक्रम सञ्चालन
• महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि निशुल्क कानुनि सेवा सञ्चालन
• छोरि हुनुमा गर्ब गर भन्ने नारा सहित बालबिबाह बहुबिबाह बालश्रम नगर मेरो सपना
• बेलौरिको भाग्य रेखा बदल्ने बेलौरिको छोटि भन्सारलाई मजबुत बनाउने
• स्थायित्वको स्तर उन्नति गरिने र स्वागतद्वार निर्माण गरिने
• हरेक महिनाको अन्तिम साता अगुवा ब्यक्तित्व, बुद्धिजीवी युवा बिद्यार्थी र महिला अधिकारकर्मी संग बिषयखत छलफल सहितको योजना निर्माण गरिने
•बेलौरि बजारलाई सफा र आकर्षक बनाउने छ

• प्रत्येक वडामा एक खुला न्यायशाला र सार्वजनिक शौचालय निमार्ण गरिने छ
• प्रत्येक वडामा बालमैत्रि बिद्यालय र पुर्ण प्रशिक्षित शिक्षक दिइने छ

• प्रत्येक वडामा एक साना तथा मझौला कम्पनीको स्थापना गरिने छ
• किसानमैत्रि नगरपालिका र कृषक लक्षित कृषि योजना
• युवा स्वरोजगार कार्यक्रम र क्षमता अभिबृद्धिका लागि युवा लक्षित कार्यक्रम प्रत्येक वडामा सञ्चालन गरिने छ

२०७९ बैशाख १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ