घोडाघोडि नगरपालिका २ को वडा अध्यक्षमा युवा नेता बिनोद अधिकारिले उम्मेद्वारि दिने

 खगेन्द्र अबस्थि

आसन्न स्थानिय तहको निर्वाचनमा कैलालीको घोडाघोडि नगरपालिका वडा नं २ बाट वडा अध्यक्षमा आफु चुनावमा लड्ने युवा नेता बिनोद अधिकारिले बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट वाइ सियल जिल्ला सदस्य अधिकारि चुनाब लड्ने भएका हुन। लामो समय देखि नेपाल कम्युनिष्ट पार्टी माओवादी र सामाजिक रूपान्तरणको अभियानमा सक्रिय रहेका युवा नेता अधिकारिले वडा अध्यक्षमा उम्मेद्वारी दिने बताएका छन।

आफु वडामा उम्मेद्वार भई निर्वाचित भएको अबस्थामा घोडाघोडि नगरपालिका वडा नं २ लाई सुसासन सहितको बिकाशको बाटोमा अगाडि बढाउने तथा यस क्षेत्रको मानब बिकाश सुचांकलाई वृद्धि गर्ने समुन्नत वडा बनाउने कार्य योजना अघि बढाउने अधिकारिले बताए।

“अनेकन ब्यथिति छन आबश्यक कानुन अझै निर्माण हुन सकेका छैनन, वडालाई चिनाउने गरि काम हुन सकेको छैन, दलिए द्वन्द्वमा वडा अलमलिएको छ, आर्थिक पारदर्शिता छैन, यी लगायत यावत समस्या समाधानका लागि पनि वडा अध्यक्षमा मेरो उम्मेद्वारि रहने” अधिकारिले बताए।

अधिकारि एउटा धार्मिक योद्धाको रूपमा पनि चिनिन्छन। उनले बिभिन्न ठाउँमा स्थलहरूमा मठ मन्दिर र मालिका प्रा बि का बिधालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारिले बिध्यालयमा पनि थुप्रै निर्माणका काम पनि सम्पन्न गराइ सकेका छन।सम्पूर्ण भ्रष्टाचारि नेताहरूलाइ हराउन र समाजको विकासका लागि आफु वडा अध्यक्षमा चुनाब लड्ने बताएका छन।

बिकास चाहनेहरू एकजुट हुन पनि अधिकारिको आग्रह छ। सम्पूर्ण वडा नं २ का बासिलाई यसपालि आफ्नो अमुल्य भोट दिएर नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई जिताउन समेत आग्रह गरेका छन।

रात दिन नभनेर सेवामा खटिने अधिकारिलाई यहाँका युवाहरूले रूचाएका व्यक्ति पनि हुन।

सम्बन्धित समाचार