+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडिमा जंगल रिसोट सञ्चालनमा

अत्रिदेव खबर
२०७८ चैत्र १८, शुक्रबार

 खगेन्द्र अबस्थि 

घोडाघोडिमा जंगल रिसोट सञ्चालनमा आएको छ।

जिल्लाको घोडाघोडि नगरपालिका १ सुखड मेन रोडमा रहेको जंगल रिसोट सञ्चालनमा आएको हो। घोडाघोडि जंगल रिसोटका सञ्चालक सुरेन्द्र शाहि बिबेकले पत्रकार सम्मेलन मार्फत उक्त होटल सञ्चालनमा आएको बताएका हुन।

उक्त होटलमा खाना बस्नका लागि समेत राम्रो सुबिधा रहेको बताउनु भयो चिसापानी देखि अत्तरिया धनगढिसम्म कुनै पनि खान बस्नका लागि सुबिधायुक्त होटल नभएका हुनाले सो होटल खोलेको शाहिले बताएका हुन। पत्रकार सम्मेलन मार्फत उहाले भन्नु भयो होटल त धेरै देख्यौ तर गतिलो देखेनौ र एस क्षेत्रका होटलमा केहि सुबिधा न देखेका हुनाले होटल सञ्चालमा ल्याएको र धेरैलाइ नभए पनि केहि ब्यक्तिले रोजगारि समेत पाएको जानकारि दिनु भएको हो।

खानाका परिकारमा पनि भिन्न भिन्न पाउने र अरू होटल भन्दा ५ रूपैया सस्तो समेत पाउने भएका छन र सुखडमा रहेको जंगल रिसोटमा आफ्नै परिकार जंगलि खसिको समेत ब्यबस्था रहेको सुरेन्द्र शाहि बिबेकले बताउनु भएको हो।

स्वहि पत्रकार सम्मेलनमा टि भि टुडेका अध्यक्ष जनक राज पन्त समेत पाल्नु भएका थिए काठमाडौंबाट आउदा जादा कुनै ठाउमा गतिलो होटल छैन कैलालि जिल्लाको मध्यवर्ती क्षेत्रमा सुबिधा सम्पन्न होटल खुल्दा खुशि ब्यक्त गर्नु भयो घोडाघोडि नगरपालिका एउटा पर्यटक धेरै भित्रिने ठाउँ भएकाले घोडाघोडि ताल चिडिया ताल घुम्न आउने पर्यटकलाई समेत आरामदायि बसोबासको ब्यबस्था हुन सक्ने टिभि टुडेका अध्यक्ष जनक राज पन्तले बताउनु भएको हो।

२०७८ चैत्र १८, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र १८, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ