+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा दलहरूले बढाए चुनावी गतिविधि

अत्रिदेव खबर
३ साल अगाडी

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ। सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताए। केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ।
चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ। अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ।
त्यसैगरी नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ। ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ। यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस यहाँ दुई पालिकामा मात्रै विजयी भएको थियो।
त्यसैगरी माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ। माओवादीले यसअघि यहाँका दुई पालिकामा जित निकालेको थियो। माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ।
त्यसैगरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ। वडास्तरसम्म पार्टी विस्तार गरिरहेको समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सदस्य रहेका छन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष गजेन्द्रबहादुर चन्दले दोधारा चाँदनीदेखि बेलौरीसम्म चुनावी अभियान सञ्चालन गर्नुभएको छ। चुनावी अभियानका क्रममा पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दुई पटक कञ्चनपुर आइसक्नुभएको छ।

यसपटक राप्रपाको साङ्गठनिकस्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरू पनि चुनावमा असर पर्ने भन्दै सशङ्कित छन्। चुनावी अभियान सञ्चालनलाई दलहरूले गति दिए पनि उम्मेदवारको टुङ्गो भने कसैले लगाएका छैनन

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ