+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उम्मेदवारको आ–आफ्नै अडानले अझै सुरु भएन मतगणना

Bhojpur paani
अत्रिदेव खबर
२०७८ फागुन १६, सोमबार

नेपाली काँग्रेसको जिल्ला अधिवेशनअन्तर्गत आज हुने भनिएको मतगणना अझै सुरु भएको छैन। आज बिहान १० बजेदेखि सुरु हुने भनिएको गणना १२ बजेसम्म पनि सुरु हुन नसकेको हो। चुनावमा उत्रिएका संस्थापन पक्षकै दुई उम्मेदवारबीच सहमति जुट्न नसक्दा गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

सभापतिका उम्मेदवार नारायणदत्त भट्टले मतदान भएकै प्रक्रियाअनुसार निर्वाचन क्षेत्रअनुसार मतगाण्ना हुनुपर्ने अडाउन लिएका छन् भने अर्का उम्मेदवार प्रकाशबहादुर बमले सबै क्षेत्रको मत मिसाएर गणना हुनपर्ने बडान लिएका छन्। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले उम्ेमदवारबीच अहिले पनि छलफल जारी रहेको बताए।
काँग्रेस कैलालीको नेतृत्वका लागि भट्ट, बमसंगै रामबहादुर कलेलले पनि उम्मेदवारी दिएका थिए। आइतबार साढे ७ बजे मतदान सम्पन्न भएको थियो।

२०७८ फागुन १६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ फागुन १६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर